प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

परिचय

 

विधि विज्ञान (Forensic Science)

 

  • अंग्रेजी भाषको Forensic भन्ने शब्द ल्याटिन भाषाको Forensis भन्ने शब्दबाट लिईएको हो जसको अर्थ Gorup of people, Public discussion, Related to the court of law आदि भन्ने बुझिन्छ ।  
  • न्यायिक निकाय समक्ष विचाराधीन रहेको कुनै विवादित विषयको निरुपण गर्न अपराधसंग सम्बन्धित सबुद प्रमाणहरुको वैज्ञानिक स्रोत, साधन एवंम् प्रविधिको यथोचित प्रयोग गरी विज्ञानका मान्य सिद्धान्त तथा उपकरणहरुको सहायताले अपराध अनुसन्धान तथा न्याय सम्पादनमा सहयोग गर्न प्रयोग गरिने विज्ञानलाई नै विधि विज्ञान भनिन्छ । 
  • विधि विज्ञान = न्याय निरुपणमा विवादित विषयको निरुपण गर्न प्रयोग गरिने विज्ञानको कुनै पनि विधा  । 
  • अपराध अनुसन्धानको क्रममा फेला परेका सबै प्रकारका भौतिक सबुदहरुको वैज्ञानिक परीक्षण तथा विश्लेषण गरी अपराध अनुसन्धान र न्याय सम्पादनमा सहयोग पु-याउने विज्ञानलाई विधि विज्ञान भनिन्छ ।
  • Application of Science to the Law = Forensic Science
  • Forensic Science= Science for justice 
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला (Nepal Police Central Forensic Science Laboratory- NPCFSL) नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गत रहने गरी वि.स. २०५१ मा पुनर्स्थापना भएको हो । 

देशमा घटित विभिन्न प्रकारका अपराधहरूसँग सम्बन्धित भौतिक सबुतहरूको वैज्ञानिक परीक्षण, विश्लेषण र पहिचान गरी अनुसन्धान र न्याय सम्पादनमा सहयोग पु-याउने कार्यमा यस प्रयोगशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आई रहेको छ । विज्ञान र प्रविधिको विकाससंगै अपराधको प्रविधि र प्रकृतिमा समेत परिवर्तन आएको अवस्थामा प्रविधिको प्रयोग गरी गरिने अपराधको सफल अनुसन्धान गर्न प्रविधि नै चाहिने हुन्छ । यसैले विधि विज्ञानलाई अपराध अनुसन्धानको मेरुदण्डको रुपमा लिईन्छ । 

हाल नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाण्डौको सामाखुशीमा अवस्थित रहेको छ । यस प्रयोगशालाले विभिन्न ११ वटा शाखाहरू (विष विज्ञान, रसायन/लागु औषध, विष्फोटक पदार्थ, जीव/सिरम विज्ञान, डी.एन.ए. प्रोफईलिंग, औठाछाप, AFIS, विबादास्पद प्रलेख, आग्नेय शास्त्र, भौतिक विज्ञान, फोटोग्राफी शाखा) बाट आफ्नो सेवा सम्बन्धित निकायहरुलाई प्रदान गर्दै आई रहेको छ । यस प्रयोगशालाले नेपाल प्रहरीका देशभरी कै अनुसन्धान शाखाहरु, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय, राजस्व अनुसन्धान विभाग, विश्व विद्यालयहरु, राजदुतावासहरु तथा अन्य सम्बन्धित निकायलाई विधि विज्ञान सम्बन्धी सेवाहरू प्रदान गर्दै आई रहेको छ ।  

यस प्रयोगशालाले कोशी प्रदेशको धरान र लुम्बिनी प्रदेशको नेपालगञ्जमा शाखा कार्यालयको रुपमा दुई वटा प्रयोगशालाहरु स्थापना गरेको छ । विधि विज्ञान प्रयोगशाला, धरानले विष विज्ञान (Toxicology) र लागू औषध तथा मनोद्विपक पदार्थ (Narcotic Drugs and Psychotropic Substance) हरुको वैज्ञानिक परिक्षण र विश्लेषण गरी कोशी प्रदेश र मधेश प्रदेशका केही जिल्लाहरुलाई सेवाहरू प्रदान गर्दै आईरहेको छ । विधि विज्ञान प्रयोगशाला, नेपालगन्जले विष विज्ञान (Toxicology) सम्बन्धी परीक्षण कार्य गर्दै आईरहेको र यस प्रयोगशालाले सुदूरपश्चिममा प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुलाई सेवा दिदै आईरहेको छ ।