परिदृश्य
मुलुकको अत्याधुनिक एवम् सुविधासम्पन्न अग्रणी विधि विज्ञान सेवा प्रदायक भई विधि विज्ञान सेवामा सरोकारवालाको भरोसामा अभिवृद्धि गर्ने ।
परिलक्ष्य
फौजदारी न्याय प्रणालीसँग आवद्ध सरोकारवाला निकाय तथा अन्य सरकारी निकायलाई गुणस्तरीय र विश्वसनिय विधि विज्ञान सेवा प्रदान गरी अपराधको वैज्ञानिक अनुसन्धान तथा निष्पक्ष न्याय सम्पादन प्रक्रियामा सहयोग गर्ने ।
मूल्य मान्यता
- निष्पक्षता
- वस्तुपरकता
- विश्वसनियता
- नैतिकता
- तटस्थता
- सेवा उन्मुखता
- स्वतन्त्रता र निष्ठा
- गुणवत्ता प्रतिबद्धता
लक्ष्य
अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने र कायम राख्ने ।
काम, कर्तव्य र अधिकार
-
प्रयोगशालामा प्राप्त भौतिक सबुतहरुको परीक्षण एंव विश्लेषण गरी सम्बन्धित निकायलाई परीक्षण प्रतिवेदन उपलब्ध गराउने ।
- प्रयोगशालाद्वारा उपलब्ध गराइएको परीक्षण प्रतिवेदनका सम्बन्धमा अदालत वा नेपाल सरकारका अन्य निकायद्वारा माग भई आए बमोजिम लिखित राय उपलब्ध गराउने वा विशेषज्ञ स्वयं उपस्थित भई निष्पक्ष र व्यवसायिक रुपमा बकपत्र सम्पन्न गर्ने ।
- प्रयोगशालामा प्राप्त भौतिक सबुतहरुको सुरक्षाका साथै नियन्त्रण शृङ्खला (Chain Of Custody) कायम राख्ने ।
- प्रयोगशालामा कार्यरत कर्मचारीहरुको व्यावसायिक क्षमता अभिवृद्धि गर्न विधि विज्ञान सम्बन्धी तालिमहरु संचालन गर्नुका साथै देश विदेशमा संचालन हुने अध्ययन, तालिम, गोष्ठी, सम्मेलन, कार्यशाला आदिमा आवश्यक प्रक्रिया पूरा गरी विशेषज्ञहरुलाई सहभागी गराउने ।
- विधि विज्ञानको क्षेत्रमा स्वतन्त्र रुपमा वा राष्ट्रिय / अन्तर्राष्ट्रिय संघ संस्थासंग सम्बद्ध भई अनुसन्धान ( Research) गर्ने ।
- आवश्यकतानुसार नयाँ सेवाहरुको विस्तार गर्नुको साथै मुलुकको अन्य भागमा विधि विज्ञान सेवाको विस्तार गर्ने ।
- संवेदनशील, गम्भिर र चर्चामा आएका घटनाहरुको घटनास्थल अनुसन्धान गर्न सम्बन्धित निकायहरुबाट सहयोगको माग भइ आएमा सम्बन्धित विशेषज्ञ उपलब्ध गराउने र फौजदारी न्याय प्रणालीसंग आबद्ध सरोकारवालालाई विधि विज्ञान सम्बन्धी विषयमा विशेषज्ञ राय उपलब्ध गराउने ।
- विधि विज्ञान सेवालाई गुणस्तरीय र विश्वसनिय बनाउन गुणस्तर सम्बन्धी मापदण्डहरु (Quality Standards) लागू गर्ने ।
- अपराध अनुसन्धान प्रयोजनका लागि डाटावेश (Database) जस्तै: Automated Fingerprint Identification System (AFIS), Deoxyribonucleic Acid (DNA) Database र Ballistics Database आदिको स्थापना गर्ने ।
- अनुसन्धान क्षेत्रमा संलग्न प्रहरी कर्मचारी लगायत अन्य सरोकारवाला निकायलाई तालिम, प्रशिक्षण, गोष्ठी, प्रयोगशाला अवलोकन भ्रमण लगायतका माध्यमबाट विधि विज्ञान सम्बन्धी ज्ञान प्रदान गर्ने ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सस्थाहरुसंग समन्वय गरी विधि विज्ञान सम्बन्धमा सहयोगको क्षेत्र विस्तार गर्ने ।
- विधि विज्ञान सम्बन्धी अन्य कार्यहरु गर्ने ।