प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
AFIS शाखा 


औठाछाप शाखाका स्थापनाकालको समयमा औलाछापका रेकर्डहरु म्यानुअल रुपमा राखिन्थे भने सूचना प्रविधिको आगमनसँगै, यी रेकर्डहरूलाई कम्प्युटराइज्ड प्रणालीद्वारा database मा अद्यावधिक गर्दै छिटो र सटीक खोजलाई सहज बनाइएको छ ।
AFIS (Automated Fingerprint Identification System) एउटा Biometric Identification System हो जसमा ‘digital imaging’ प्रविधिको प्रयोग गरी fingerprint data लाई भण्डारणका साथसाथै विश्लेषण गरीन्छ । यो प्रणाली मार्फत अपराधी/शंकित व्यक्तिहरुको दश औंलाको औंलाछाप अभिलेख राख्नुका साथै मौकाछापहरुलाई digitized रुपमा अभिलेखीकरण गरी राख्ने कार्य गरिन्छ र चाहिएको अवस्थामा ज्ञात/अज्ञात औंलाछाप/मौकाछापलाई AFIS Database मा रहेका ज्ञात/अज्ञात औंलाछाप/मौकाछापसंग search/matching  गरी  व्यक्ति पहिचान गर्ने कार्य गरिन्छ ।
यस शाखामा नयाँ तथा पुराना औलाछाप स्लिपहरुको digitization गरि database मा अध्यावधिक गरिने कार्यका साथै विवादित औलाछाप/ मौकाछापलाई database मा तत्कालिन समयमा रहेको औलाछाप/मौकाछापहरुको अभिलेखसंग खोजी गर्ने, प्रमाणित गर्ने र सो सम्बन्धि प्रतिवेदन तयार गरिने कार्य हुदै आइरहेको छ ।