सशस्त्र विज्ञान शाखा
सशस्त्र विज्ञान आधुनिक विधि विज्ञानको एक महत्त्वपूर्ण शाखा हो । कुनै पनि हातहतियार तथा असवाबहरुको प्रयोगसँग सम्बन्धित प्रमाणहरूको वैज्ञानिक परीक्षण, विश्लेषण, तथा अनुसन्धान गर्नुका साथै न्यायिक प्रक्रियामा सहयोग गर्ने विज्ञानको एक महत्वपूर्ण विधा हो ।
यस विज्ञान अन्तर्गत अपराधमा प्रयोग हुने हतियारहरूको पहिचान, खरखजाना जस्तै; खोका, बुलेट तथा हतियार बिच अन्तरसम्बन्ध स्थापित गर्नु, अदालतमा उपस्थित भई वकपत्र गर्नु, अपराध अनुसन्धानसंग प्रत्यक्ष तथा परोक्ष सरोकार राख्ने विभिन्न संघ संस्थाहरुमा यस विज्ञानसंग सम्बन्धित प्रशिक्षण प्रदान गर्नु, विशेषज्ञको राय प्रदान गर्नु, जस्ता कार्यहरु यस शाखा अन्तर्गत पर्दछन् ।