प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
रसायन तथा लागू औषध शाखा (Chemistry/Narcotics Section)

 

यस शाखाले अपराधिक कार्यमा प्रयोग हुने संकास्पद रसायन तथा लागू औषधसंग सम्बन्धित सबुत प्रमाणहरूको विज्ञानका मान्य सिद्धान्तका आधारमा आधुनिक उपकरणहरूको प्रयोगद्वारा परीक्षण र विश्लेषण गरी अपराध अनुसन्धान तथा न्याय सम्पादन कार्यमा सहयोग पुर्याउदै आइरहेको छ ।
रसायन तथा लागू औषध शाखासँग सम्बन्धित सम्भावित केशहरू:
•    विभिन्न संकित तथा प्रतिबन्धित लागू औषध तथा मनोद्विपक पदार्थहरू जस्तै गाँजा, चरेस, अफिम, हेरोइन, मोर्फिन, कोडीन, कोकेन, डाईजेपाम, नाईट्राजेपाम,
•    ब्युप्रिनोर्फिन, एम्फिटामाईन्स, मेथएम्फिटामाईन्स, एल.एस.डी., पेन्टाजोसिन, वार्विच्युरेट्स, खात आदिको ओसार पसार तथा विक्री वितरण
•    लागू औषध तथा मनोद्वीपक पदार्थ सेवन गर्न प्रयोग हुने औजारहरु (Paraphernalia) 
•    लागू औषध तथा मनोद्घिपक पदार्थहरुको सेवन तथा सेवन गरि गरिएको अपराधिक कार्यहरु
•    लागूऔषध तथा मनोद्घिपक पदार्थहरु सेवन गराई हुने अपराधिक घटनाहरु[Drug Facilitated Crime (DFC)/Drug Facilitated Sexual  Assaults


  Drug Facilitated Sexual Abuse (DFSA) संग सम्बन्धित केशहरु:
•    भ्रष्ट्राचारजन्य कसूर  (जस्तै Sting operation)
•    विभिन्न रसायनहरुको प्रयोग गरी गरिने आक्रमणका घटनाहरु (Acid Throwing  case)
•    विभिन्न रसायनिक पदार्थहरु प्रयोग गरी हुने ठगीसंग सम्वन्धित नमूनाहरु जस्तै Gold Cheating
•    मिसावटयुक्त Alcohol सेवन तथा विक्री वितरण
•    रसायन, लागूऔषध तथा औषधिको दुरुपयोग गरी गरिएका सबै प्रकारका अपराधहरु