प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
डि.एन.ए. प्रोफाइलिंग शाखा (DNA Profiling /DNA Fingerprinting Section)


डि.एन.ए. प्रोफाइलिंग एक वैज्ञानिक परिक्षण विधि हो जसमा व्यक्तिहरुको डि.एन.ए. प्रोफाइलको आधारमा पहिचान तथा सम्बन्ध स्थापित गरिन्छ । डिएनए प्रोफाइलिङ आधुनिक फोरेन्सिक विज्ञान को आधारशिला हो । यसले संदिग्धहरूलाई पहिचान गर्न, निर्दोषहरूलाई दोषमुक्त गर्न र प्रकोप पीडितहरूको पहिचान जस्ता जटिल मुद्दाहरू समाधान गर्न अतुलनीय योगदान प्रदान गर्दै ईरहेको छ । व्यक्ति तथा अभियुक्तको पहिचानका साथै व्यक्तिहरू बीचको जैविक सम्बन्ध स्थापित गर्नका निमित्त, डिएनए प्रोफाइलिंग सबैभन्दा प्रभावकारी साधनको रुपमा मानिन्छ । 
जुम्ल्याहाहरुको बाहेक प्रत्येक व्यक्तिको डीएनए विशिष्ट हुने भएकोले व्यक्ति पहिचानको निमित्त डिएनए एक प्रभावशाली माध्यम हो । यस्तो विशिष्टताका कारण,  घटना स्थलबाट संकलित डी.एन.ए. प्रमाणलाई व्यक्ति/संदिग्धसँग जोड्न वा संदिग्धलाई सन्देहबाट हटाउनको लागि उपयोग गर्न सकिन्छ । सन् २०१४ अप्रिल २८ देखि यस प्रयोगशालामा विभिन्न घटनाहरू जस्तै हराएका/पहिचान नखुलेको व्यक्ति, हत्या, बलात्कार, मातृत्व/पितृत्व विवाद, र प्राकृतिक प्रकोप  आदि घटनामा डिएनए परीक्षणको सेवा सुरू गरेको हो ।


उपलब्ध सेवाहरु:
•    बेपत्ता व्यक्ति र अज्ञात शव
•    हत्या र शारीरिक दुर्व्यवहार
•    बलात्कार र यौन दुर्व्यवहार
•    मातृत्व/पितृत्व विवाद 
•    प्रकोप पिडितको पहिचान
•    सडक यातायात दुर्घटना आदि