विष्फोटक शाखा :
यस शाखाले अपराधिक कार्यमा प्रयोग हुने संकास्पद बिष्फोटक पदार्थहरु, विष्फोटन पश्चात घटनास्थलमा बरामद Post Blast Residues, विभिन्न किसिमका आतिसवाजी (पटका) र यसमा प्रयोग हुने रसायनसंग सम्बन्धित सबूत प्रमाणहरुको विस्वव्यापी रुपमा मान्यता प्राप्त वैज्ञानिक सिध्दान्तका आधारमा आधुनिक उपकरणहरुको प्रयोगद्वारा परीक्षण र विश्लेषण गरी अपराध अनुसन्धान तथा न्याय सम्पादन कार्यमा सहयोग पुर्याउदै आइ रहेको छ ।
विष्फोटक शाखासंग सम्बन्धित सम्भावित केशहरु :
- विभिन्न किसिमका आतिसवाजी (पटका) र यसमा प्रयोग हुने रसायनहरु ।
- गैरकानुनीरुपमा उत्पादन, ओसारपसार, संचय/ भण्डारण तथा प्रयोगगरेको अवस्था मा बरामद गरिएको संकास्पद विष्फोटक पदार्थहरु।
- विष्फोटनपश्चातको अनुसन्धान (Post Blast Investigation) संग सम्बन्धित नमुनाहरु ।