औठाछाप शाखा :
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला अन्तर्गत रहेको औठाछाप शाखाले भरपर्दो औलाछाप परिक्षणको माध्यमबाट वास्तविक अपराधी पहिचान गरी निर्दोष र पिडित व्यक्तिलाई न्याय दिलाउने मुख्य लक्ष्य राखेको छ ।
यस औठाछाप शाखामा घटनास्थलमा फेला परेका मौकाछाप (Chance Print/ Latent Print) पाउन सकिने सम्भावना रहेका विभिन्न किसिमका भौतिक सबुदहरुमा मौकाछाप develop गर्नुका साथै घटनास्थलमै SOCO अधिकृत/सहायकहरुद्वारा develop गरि पठाइएको मौकाछापहरु र अन्य जुनसुकै पनि विवादित कागजातहरुमा भएका विवादित औलाछापहरुको परिक्षण कार्य गरिन्छ । यो बाहेक समय समयमा वेवारिसे लासबाट औलाछाप उठाउने कार्यको साथै कुनै प्राकृतिक प्रकोप/दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको औलाछाप संकलन गरी मृतक व्यक्तिको औंठाछाप रहेको कुनै पनि आधिकारिक कागजातमा भएको औलाछापहरुसँग तुलनात्मक विश्लेषण गरी मृतकको पहिचान गर्ने कार्यमा समेत शाखाले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ ।
औठाछाप शाखासंग सम्बन्धित केश तथा भौतिक सवुदहरु:
- कर्तव्य ज्यान सम्बन्धी: हात-हतियार (जस्तै चक्कु, बन्चरो, खुकुरी, पेस्तोल, रिभल्वर, ब्लेड, राइफल आदि), टेप, पन्जा आदि
- आत्महत्या सम्बन्धी: हतियार, सुसाइड नोट, विषादीको बोटलहरु आदि
- चोरी सम्बन्धी केशहरु: ताल्चा, ढोकाका ह्यान्डल, गहना राखिएको बट्टा, आदि
- किर्ते सम्बन्धी केशहरु: नागरिकता, अनुसूची फारम, तमसुक, वकसपत्र आदि
- बैंकिङ कसुर सम्बन्धी: KYC फारम, चेक, आदि
- औंला वा हत्केलाको छापको प्रमाण लाग्ने अन्य केशहरु
औठाछाप शाखाका कार्यहरु:
- प्रशिक्षण: यस शाखाले औलाछापसँग सम्बन्धित प्रशिक्षण प्रदान गर्दै आइरहेको छ , जसमा अनुसन्धान अधिकारी, SOCO अधिकृत तथा सहायक, सरकारी वकिल, न्यायाधिश, सेना अधिकरीहरु आदि समावेश हुन्छन् ।
- औलाछाप अभिलेखीकरण: यस शाखाले आपराधिक क्रियाकलापमा शंकित मानिएका तथा दोषी ठहर भएका व्यक्तिहरूको १० औलाका औलाछाप अभिलेख/database राख्ने कार्य गर्दछ । जसले गर्दा पहिले कुनै किसिमका अपराधमा संलग्न भइ औलाछाप अभिलेखमा अभिलेखीकरण भइसकेका अज्ञात अपराधी र मृत व्यक्तिहरुको पहिचान गर्न मद्दत गर्नुका साथै तिनीहरूको आपराधिक विवरण उपलब्ध गराउँछ ।
- व्यक्ति पहिचान: आफ्नो वास्तविक पहिचान लुकाएका शंकास्पद व्यक्तिहरुको वास्तविक पहिचान थाहा पाउन मद्दत गर्नुका साथै कुनै प्राकृतिक/अप्राकृतिक दुर्घटनामा ज्यान गुमाएका मृतकहरुको पहिचान खुल्न नसकेको अवस्थामा मृतकको औलाछाप संकलन गरि मृतक व्यक्तिको औंठाछाप रहेको कुनै पनि आधिकारिक कागजातमा भएको औलाछापहरुसँग भिडाई मृतकको पहिचान गर्ने कार्य समेत गर्दै आइरहेको छ ।
- विशेषज्ञ साक्षी : सम्माननीय अदालतबाट आदेश भए बमोजिम विशेषज्ञ बकपत्र प्रदान गरी फौजदारी न्याय सम्पादनमा सहयोग पुर्याउदै आइरहेको छ ।
- औलाछाप/मौकाछाप संकलन र तुलना: यस शाखामा मौकाछापहरुलाई विभिन्न विधिको प्रयोग गरि डेभलप गर्नुका साथै यस्ता मौकाछाप लगायत आधिकारिक कागजातमा भएका विवादास्पद औलाछापहरुलाइ शंकित व्यक्तिका औलाछापहरु र आवश्यकता अनुसार database मा भएका औलाछापहरुसंग भिडाई तुलनात्मक परिक्षण गर्दै आइरहेको छ ।
- विधि विज्ञान सेवाहरू: रोजगारी वा स्थायी बसोबासको लागि विभिन्न देशमा जानको लागि आवश्यक पर्ने दश औलाको औलाछाप औलाछाप-स्लिपमा उठाई प्रमाणीकरण गर्ने कार्य गर्दै आइरहेको छ ।
- अन्तर्राष्ट्रिय अपराधीहरुको औलाछाप अभिलेख: इन्टरपोलबाट जारी भए बमोजिम अन्तर्राष्ट्रिय अपराधीहरुको औलाछाप अभिलेख राख्ने र आवश्यकता बमोजिम औलाछाप अभिलेखमा खोजी गर्ने कार्य गर्दै आइरहेको छ ।