भौतिक विज्ञान
भौतिक विज्ञान शाखा विभिन्न प्रकारका शङ्कास्पद सवारी साधनहरूको इञ्जिन नम्बर र च्यासिस नम्बरको परीक्षणसँग सम्बन्धित छ। साथै यस शाखामा औजारका चिन्हहरू र पद चिन्हहरुसँग सम्बन्धित भौतिक प्रमाणहरू पनि परीक्षण गरिन्छ । प्राप्त सबुदहरूको परीक्षण भौतिक र रासायनिक विधिहरूको प्रयोग गरेर गरिन्छ ।
भौतिक विज्ञान शाखासँग सम्बन्धित सम्भावित केशहरूः
- च्यासिस नम्बर र इञ्जिन नम्बर फेरबदल गरिएका विभिन्न प्रकारका सवारी साधनहरू, विभिन्न प्रकारका औजारका चिन्हहरू, पद चिन्ह, फाइबर, सिसा आदि ।
द्रष्टव्यः हाल यस शाखामा शङ्कास्पद सवारी साधनहरूको इञ्जिन नम्बर र च्यासिस नम्बर सम्बन्धी परीक्षण सुबिधा मात्र उपलब्ध छ ।