प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
विवादास्पद प्रलेख शाखा

 

त्यस्तो वस्तु जसमा कुनै चिन्ह वा संकेत छ जुन देखिने, आंशिक रुपमा देखिने वा नदेखिने रुपमा छ, तर कुनै अर्थ अथवा सुचना भने दिन्छ, त्यस्तो वस्तुलाई प्रलेख भनिन्छ. यदि कुनै पनि लेख अथवा प्रलेखमा कुनै विवाद वा प्रश्न उठेमा, त्यस्ता लेख वा प्रलेखहरुलाई नै विवादास्पद प्रलेख भनिन्छ । सो को जाँच अथवा वैज्ञानिक परिक्षण यस शाखामा गरिन्छ । यस साखाले २०५२ माघ देखि विवादास्पद प्रलेख परिक्षण गरी परिक्षण राय/प्रतिवेदन दिईरहेको छ।
यस शाखा अन्तर्गत विवादस्पद प्रलेखहरुको परीक्षण गरिन्छ। जुन यस प्रकार छन् -

  • विवादित हस्तलिखित तथा दस्तखतहरुको पहिचान।
  • नक्कली नोट तथा सिक्काहरुको पहिचान ।
  • कुनै पनि प्रलेखमा थपघट, केरमेट, सच्याइएको जस्ता केसहरु ।
  • रबरस्ट्याप, होलोग्राम, कार्ड, लेटरप्याडहरु ।
  • विवादास्पद राहदानी, भ्रमण कागजातहरु ।
  • टाइप राइटर तथा सरकारी छापहरुको पहिचान।
  • कागज तथा मसिको विश्लेषणात्मक अध्ययन ।
  • अन्य विवाद उत्पन्न भएका डकुमेन्टहरु ।