विष विज्ञान शाखा (Toxicology Section)
यस प्रयोगशालाको विष विज्ञान शाखाले हत्या, आत्महत्या लगायत अन्य अपराधसँग सम्वन्धित विष, रसायन तथा घातक पदार्थहरू परीक्षण गर्ने गर्दछ । यि परीक्षणहरू विश्वव्यापी मान्यता प्राप्त वैज्ञानिक सिद्धान्तहरूको आधारमा गरिन्छ। सामान्यतया घटनास्थलमा प्राप्त जैविक नमुना, मानिस तथा पशु पंक्षीका भित्र्यांस , तन्तु र अंगहरू, रगत , वान्ता, पिसाव, र्याल, सिंगान जस्ता शरीरबाट निस्कने पदार्थहरूमा रहेको विष, लागूऔषध तथा रसायनहरू परीक्षण गर्ने गरिन्छ । साथै घटनास्थलमा वरामद खाध्ध तथा पेय पदार्थ र तिनिहरूको कन्टेनर (बट्टा आदि) समेत परीक्षण गर्ने गरिन्छ ।
विष विज्ञान शाखासँग सम्वन्धित केशहरूः
• विषको प्रयोग भएको हुन सक्ने संकास्पद मृत्यु, हत्या, आत्म हत्या,
• रक्सी (मा.प.से.) तथा लागूऔषध सेवन,
• मा.प.से. गरी सवारी साधन चलाएको केशहरू,
• नसालु औषधी तथा लागूऔषध सेवन गराई गरिएको वलात्कारका केशहरू,
• नसालु, विषालु, रसायन, लागूऔषध तथा मनोदिपक पदार्थ प्रयोग गरी गरिएका सबैखाले अपराधहरू आदि ।